काठमाडौं–कोभिड–१९ले दिनहुँ नागरिकको ज्यान गैरहेको अवस्थामा सरकारले भारतमा उत्पादन भएको एक खोपलाई नेपालमा प्रयोग गर्न अनुमति दिएको छ ।
सेरम इन्सिच्युट अफ इन्डियाले उत्पादन गरेका कोरोना विरुद्धको खोपको आपतकालीन प्रयोग गर्न अनुमति पाएको हो । कोभिसिल्ड खोपको नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको हो । औषधि व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको जनाएको छ ।
भारतमा यसअघि नै यस खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरिएको छ