काठमाण्डौ–मुलुकको इतिहासमा सबैभन्दा ठूलो आईपीओ खुलेपछि आम सर्वसाधारणलाई कति कित्ता सेयर पर्ला भन्ने खुलदुली रहेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले शुक्रबारबाट आठ करोड कित्ता (आठ अर्ब रुपैयाँ) बराबरको आईपीओ निष्कासन गरेपछि पुँजी बजारमा तरंग आएको छ ।
हालसम्मकै ठूलो आईपीओमा खुलेपछि धमाधम आवेदन दिइरहेका छन् । यो आईपीओमा आम सर्वसाधारणले कति कित्ता पाउँछन् । निस्चित छैन । आवेदन गर्ने संख्याका आधारमा तय हुन्छ । आम सर्वसाधारणले ५०देखि७० कित्तासम्म पाउने अनुमान छ ।
तर,३० जना यस्ता भाग्यमानी छन् । हरेकले ५३३३.३३ कित्ता आईपीओ हात पार्न सफल हुने भएका छन् । शुक्रबारबाट निष्कासन भएको १०० रुपैयाँ अंकित दरका कुल ८ करोड कित्ताको ०.२ प्रतिशतले हुन आउने १ लाख ६० हजार कित्ता कर्मचारीका लागि छुट्याएको छ । अहिले बैंकका ३० कर्मचारी कार्यरत छ । ती कर्मचारीलाई बराबर भाग लगाउँदा हरेक कर्मचारीले ५३३३.३३ कित्ता आईपीओ पाउने भएका छन् ।
यो आईपीओमा म्युचुअल फण्डले पनि राम्रै कित्ता पार्ने भएका छन् । उक्त समूहलाई कुल कित्ताको ५ प्रतिशतले हुन आउने अर्थात् ४० लाख कित्ता छुट्याइएको छ । यो हिसाबले हाल रहेका १८ वटा म्युचुअल फन्डले २ लाख २२ हजार २२२.२२ कित्ता आईपीओ पाउने भएका छन् । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्तामा आम सर्वसाधारणले भाउने छन् ।