माघ १० गते नेपाल बन्द घोषणा

काठमाडौँ–मुलुकमा राजनीतिक अस्थिरता संगै फेरी बन्द हडताल सुरु हुन थालेको छ । आफ्ना नेता पक्राउ परेको बिरोधमा ‘विप्लव’ नेतृत्वको नेकपाले माघ १० गते नेपाल बन्दको आह्वानगरेको हो । प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तेस्रो वरियताका नेता धर्मेन्द्र बास्तोला ‘कन्चन’ पक्राउ परेका छन् ।

आफ्ना नेता पक्राउको विरोधमा विप्लव समूहले संघर्षका कार्यक्रम घोषणा गरेको छ । समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दैै पाँच दिने आन्दोलनको घोषणा गरेका हुन् । माघ ३, ५,७ र ९ गते देशभर विरोध जुलुस गर्ने र माघ १० गते नेपाल बन्द गर्ने विप्लव समूहद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

कन्चन केन्द्रीय समिती सचिवालय सदस्य हुन् । उनीसँगै ब्युरो सदस्य विवेक र विशाल पनि पक्राउ परेको पार्टी महासचिव विप्लवले उल्लेख गरेका छन् ।

प्रतिक्रिया