काठमाडौं–नेपाली कांग्रेस पर्वतले आयोजना गरेको कार्यक्रममा सहभागी हुन काठमाडौैंबाट पर्वत जाने क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टरलाई गोरखामा आकस्मिक अवतरण गरिएको छ ।
पालुङटार नगरपालिकाको हर्नी र आँपपिपल क्षेत्रमा हेलिकप्टरलाई फोर्स ल्यान्ड गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीले खराब मौसमका कारण हेलिकप्टरलाई आकस्मिक अवतरण गरिएको जनाएको छ । तत्कालिन माओवादीबाट मारिएका कांग्रेस पर्वतका नेता हरिदत्त तिवारीको स्मृति दिवसमा भाग लिन देउवा पर्वत जाँदै थिए ।
देउवासंगै कांग्रेस नेताहरु गोपालमान श्रेष्ठ र अर्जुन जोशी पनि हेलिकप्टरमा सहभागि थिए ।