एनसेललाई ६० अर्ब कर निर्धारण, सर्वोच्च अदालतले भन्यो–‘अहिले कर नउठाउ’

काठमाडौं–ठूला करदाता कार्यालयले एनसेललाई ६० अर्ब रुपैयाँ आयकर तिर्न तिनुपर्ने दाबी गरेको भए पनि सर्वोच्च अदालतले एनसेलबाट तत्काल आयकर नअसुल्न अन्तरिम आदेश दिएको छ । ठूला करदाता कार्यालयलले निर्धारण गरेका करमा चित्त नबुझे पछि एनसेल सर्वोच्च गएको थियो । एनसेलको रिटमा सुनुवाई गर्दै सर्वोच्चले बुधबार अन्तरिम आदेश दिएको हो ।

रिटको अन्तिम किनारा नलागेसम्म कर निर्धारण कार्यान्वयन नगरी यथास्थितिमा राख्न उसले अन्तरिम आदेश मागेको थियो । अन्तरिम आदेश पछि एनसेललाई राहात भएको छ ।
न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले अन्तरिम आदेश दिएको हो । गत पुस १० मा पाँच वर्षअघिको आयकर बुझाउन भन्दै ठूला करदाता कार्यालयले एनसेललाई पत्र काटेको थियो । कार्यालयले करिब ६० अर्ब रुपैयाँ आयकर तिर्नुपर्ने दाबी गरेको छ ।

ठूला करदाता कार्यालयबाट जारी भएको कर निर्धारणको सूचना र सो सूचना जारी गर्ने सम्बन्धमा भएका सबै निर्णयहरु बदर गर्न एनसेलको माग गरेको थियो छ । ठूला करदाता कार्यालयले २०७६ मंसिर १९ मा गरेको पुँजीगत लाभकर निर्धारण गरेको थियो । एनसेलले पुँजीगत लाभकर भुक्तानी गरिसकेको छ । आफूले सेयर कारोबारसम्बन्धी आयकर ऐन, २०५८ बमोजिमको कर दायित्व पूरा गरेको एनसेलको दाबी छ ।

ठूला करदाता कार्यालयले संसोधित कर निर्धारणको सूचना विगतमा सर्वोच्च अदालतको फैसला र आफैंले जारी गरेको कर चुक्ता प्रमाणपत्रहरूसँग बाझिन गएको एनसेलको दाबी छ ।

प्रतिक्रिया