काठमाण्डौ । संसद विघटन गरेको सरकारलाई विभिन्न राजनितिक दलहरुले विभिन्न तरिकाले विरोध गरिरहेका छन । यसै विच विवेकशील पार्टीले प्रधानमन्त्रीले सम्बोधनको क्रममा रोस्ट्रममै थुकेपछि प्रतिकारात्मक स्वरुप दात माझेर विरोध गरेका छन ।
जथाभावी थुक्नु सार्वजनिक स्वास्थ्यका लागि हानिकारकसँगै सार्वजनिक शिष्टताको हिसाबले पनि उचित नभएको भन्दै विवेकशीलले दाँत माझेर प्रदर्शन गरेको हो। देशको नेतृत्व गर्ने, अनुकरणीय व्यक्तिले गर्ने कामले धेरैलाई प्रभावित पार्ने भएकाले प्रधानमन्त्रीलाई आफ्ना सार्वजनिक गतिविधिमाथि ध्यान दिन पनि साझाले सुझाएको छ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेर लोकतन्त्रमाथि धावा बोलेको भन्दै विवकेशील करिब १ महिनादेखि आन्दोलित छ। विवकेशीलले हरेक दिन माइतीघर मण्डलमा संसद विघटनको असंवैधानिक कदम तथा अधिनायकवादविरुद्ध प्रदर्शन गरिरहेको छ।