प्रभु इन्स्योरेन्सको शेयर मूल्यमा मंगलबार सकारात्मक सर्किट लागेर कारोबार हुँदै

काठमाण्डौ – निरन्तर शेयर खरिदमा चाप पर्दै आएको प्रभु इन्स्योरेन्सको आज शेयर मूल्यमा सकारात्मक सर्किट लागेर २ सय ४७ रुपैयाँ पुगेको छ ।

खरिद चाप विस्तारै घट्दै गएको छ । आज १४ लाख हाराहारी कित्ताको लागि खरिद माग भएको छ । यो समाचार तयार पार्दा सम्म सो कम्पनीको ८० कित्ताको मात्र कारोबार भएको छ ।

यसै विच मंगलबार नेप्सेमा निकै उतारचडाव विच कारोबार भइरहेको छ । लगानीकर्ताहरु आज लद्युवित्त र जीवन विमा प्रति आकर्षित भएको देख्न सकिन्छ ।

प्रतिक्रिया