काठमाण्डौ – पछिल्लो समय लाइभ दोहोरी होस या लोकदोहोरी होस रबिन लामिछानेको नाम अग्रपंतीमा आँउछ । उनले आवाज दिएका गीतहरु दर्शक स्रोताहरुले निकै मन पराउने गरेका छन ।
यसै विच सारङ्गी संसार मार्फत सार्वजनिक भएको रविन र रिया खड्काको दोहोरी छोटो समयमै दर्शकले निकै मन पराएका छन । माया प्रेमलाई विषय बनाई कलाकारहरुले हावा चिसो चिसोमा दोहोरी गाएका छन ।
दोहोरी सार्वजनिक भएको २४ घण्टा नपुग्दै उत्कृष्टको सूचिमा समेत परेको छ । दोहोरी हेर्ने दर्शकले उत्कृष्ट दोहोरी भनेर प्रतिक्रिया दिएका छन ।