• गृहपृष्ठ /
  • Breaking News ,
  • अनौठो बिश्व ,
  • अन्तर्राष्ट्रिय ,
  • मुख्य खबर ,
  • समाचार ,
  • स्वास्थ्य

कोरोना विरुद्धको खोप लगाएको १६ दिनमा डाक्टरको ज्यान गयो

काठमाण्डौ । विश्व कोरोना महामारीले थलिएको छ । यसै विच विश्वका धेरै देशहरुमा कोरोना विरुद्धको खोपको सफल परिक्षण भइरहेका छन । तर खोपको प्रभावकारीतामा भने प्रश्न उठिरहेका छन । यसै विच अमेरिकामा कोरोना भ्याक्सिन लगाएपछि एक डाक्टरको मृत्यु भएको बताइएको छ ।

अमेरिकाको मियामी शहरमा ५६ वर्षीय ग्रेगरी माइकलले फाइजरको कोरोना भ्याक्सिन लगाएको १६ दिनपछि मृत्यु भएको हो । डाक्टर ग्रेगरीकी श्रीमती हेइदी नेकेलमानले भनिन्, १८ डिसेम्बरमा उनका श्रीमानलाई कोरोना भ्याक्सिन लगाउनुभन्दा पहिले उनी पूर्ण रुपमा स्वस्थ थिए ।

डाक्टर ग्रेगरीको अचानक रोग प्रतिरोधक क्षमतासँग सम्बन्धित दुर्लभ रोग भएपछि हृदयघातका कारण मृत्यु भयो ।

डाक्टर ग्रेगरीकी श्रीमतीले फाइजरको कोरोना भ्याक्सिनले कतै न कतै उक्त रोग सिर्जना गराएको बताएकी छन् । उनले भनिन्, मलाई लाग्छ डाक्टर ग्रेगरीको मृत्युको सीधा सम्बन्ध भ्याक्सिनसँग रहेको छ । यसको कुनै अरु कारण हुन सक्दैन । भ्याक्सिन लगाइएपछि मेरा श्रीमानको रगतमा रहस्यमय गडबडी आएको थियो । भ्याक्सिन लगाउनु अघि उनी पूर्ण रुपमा स्वस्थ थिए ।

अमेरिकी उक्त मृत्युमा फाइजर कम्पनीले आफ्नो स्पष्टीकरण दिएको छ । फाइजर कम्पनीका अनुसार, उसलाई डाक्टर ग्रेगरीको अधिक असामान्य तरिकाबाट मृत्यु भएको जानकारी छ र उसले यसको अधिक जाँच गरिरहेको छ ।

यद्यपी कम्पनीका प्रवक्ताले भने, यो समय हामी भ्याक्सिनको डाक्टर ग्रेगरीको मृत्युसँग कुनै सिधा सम्बन्ध छ भन्ने मान्दैनौ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया