माघ १ गते देशैभरि सार्वजनिक विदा

काठमाण्डौ । सरकारले यहि माघ १ गते देशैभरि सार्वजनिक विदा दिने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वका अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले आज गरेको निर्णय सार्वजनिक हुन भने बाँकी छ ।

सोही बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्न पनि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

प्रतिक्रिया