आइतबार ह्वात्तै घट्यो सुनको मूल्य,कतिमा भइरहेको छ त कारोबार ?

काठमाण्डौ – आइतबार सुनको मूल्यमा ठुलो गिरावट आएको छ ।

आइतबार एकैदिन २ हजार ३ सयले घटेको छ । नेपाल सु्नचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन , शुक्रबार सुन तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ९५ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो । पछिल्लो बुधबार यता सुनको भाउ ओरालो लागेको हो । त्यसयता सुन तोलामा तीन हजार ७०० रुपैयाँले घटेको छ ।

आइतबार सुनसँगै चाँदीको भाउ पनि घटेको छ । यस दिन चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार २७० रुपैयाँमा खरिदबिक्री हुँदैछ । शुक्रबार चाँदी प्रतितोला एक हजार ३३० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि बुधबारयता तोलामा ७० रुपैयाँले गिरावट भएको छ ।

प्रतिक्रिया