काठमाडौँ– निर्वाचनबाट पराजित भए पनि हार स्वीकार नगरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने तयारी भएको छ । ट्रम्पका समर्थकले अमेरिकी संसद् क्यापिटोल हिल भवनमा गरेको घटनालाई लिएर अमेरिकी डेमोक्र्याट्सहरूले ट्रम्पलाई राज्यद्रोह प्रोत्साहन अन्तरगत महाअभियोग लगाउने गृहकार्य गरेका छन् ।
ट्रम्पले सत्ता हस्तान्तरण गर्न अनाकानी गरिरहेको अवस्थामा महाअभियोग लगाएर तत्काल सत्ताच्यूतको प्रक्रिया अघि बढाउने भएका छन् । सभामुख न्यान्सी पेलोसीले ट्रम्पले तत्काल पदबाट राजीनामा नदिए महाभियोगको प्रक्रिया अगाडि बढाउने जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
सभामुख पेलोसीले नै सोमबारसम्म राजीनामा नआए उनलाई सोमबार अबेर प्रक्रियामा जाने तयारी गरेको जानकारी दिएकी अन्तराष्ट्रिय संचारमाध्यमहरूले उल्लेख गरेका छन् । पाँच जनाको ज्यान जाने गरी संसद्मा भएको दंगलाई प्रोत्साहन गरेको आरोपमा ट्रम्पलाई सत्ताबाट बाहिरिन १० दिन बाँकी हुँदा महाअभियोग लगाएर बिदा गर्न लागिएको हो । जानाजान यस्तो घटना घटाइएको आरोप ट्रम्पमाथि छ ।
तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभका करिब १६० सदस्यहरूले महाअभियोग पत्र विधेयकमा हस्ताक्षर गरिसकेका छन् । निन्दनीय कार्य गर्ने व्यक्तिलाई यसै छाड्दा त्यसमा समर्थन जनाए जस्तो हुने हुनाले पनि राजिनामा दिएरर बाहिरिन वा महाअभियोग खेप्न उनीहररूले चेतावनी दिएका छन् ।
आगामी १० दिनपछि अमेरिकाको नेतृत्व सम्हाल्न लागेका जो वाइडनले महाभियोगबारे संसद्ले निर्णय जानकारी दिइसहेका छन् । उनले लामो समयदेखि आफूलाई ट्रम्प राष्ट्रपति पदका लागि योग्य नभएको बताउँदै आएका थिए ।
ट्रम्प प्रशासनले उक्त कदमलाई राजनीतिक प्रतिसोध र स्वार्थमा आधारित भन्दै अमेरिकालाई थप विभाजन तर्फ धकेल्ने काम भएको भनेको छ । बुधवार क्यापिटोलमा भाँडभैलो भइरहँदा महाअभियोगको तयारी भने क्यालिफोर्निया राज्यका सांसद् टेड लिउ र रोड आइल्यान्डका डेभिड सिसिलीनले गरेका थिए ।