नेपाली राहदानी संसारकै खराब सूचीमा,३८ वटा मुलुकमा फ्रि भिसा

काठमाडौं–विश्व समुदायमा नेपाल सगरमाथाको देश भनेर चिनिन्छ । यो नेपालीका लागि गर्बको विषय हो । तर,अन्य अधिकांश सूचकमा नेपालको अवस्था खराब रहेको छ । भ्रष्टाचारमा अग्रस्थानमा रहेको नेपालले फेरी अर्को एक विषयमा खराब सूचीमा परेको छ ।

पासपोर्टबारे सूचि राख्ने विश्व चर्चित एजेन्सी हेन्ले पासपोर्ट इन्डेक्सका अनुसार नेपाली पासपोर्ट संसारकै खराब सूचिमा परेको छ । कूल ११० मुलुकमध्ये नेपाली पासपोर्ट १०४ स्थानमा छ । सबैभन्दा शक्तिशाली पासपोर्टको सूचिमा जापान पहिलो स्थानमा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

दक्षिण एसियामा सबैभन्दा कमजोर पासपोर्ट चाहिँ पाकिस्तान र अफगानिस्तानको छ । सूचिको पुछारमा अफगानिस्तान छ । भारत ८५ स्थानमा छ भने चीन ७० स्थानमा अटाएका छन् ।
उक्त इन्डेक्सका अनुसार नेपालले ३८ वटा मुलुकमा फ्रि भिसाको अवसर प्राप्त गरेको छ । एसियाली मुलुक जापान पहिलो स्थानमा छ । जापानलाई १९१ मुलुकमा फ्रि भिसाको अवसर छ । सिंगापुर दोस्रोमा स्थानमा रहेको । दक्षिण कोरिया र जर्मनी तेस्रो स्थानमा छन् । अमेरिका, बेलायत, बेल्जियम, न्यूजिल्यान्ड सातौं स्थानमा छन् । अष्ट्रेलिया आठौं र क्यानडा नवौं स्थानमा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

कोरोनाभाइरस महामारीले गर्दा सूचिको स्थान तलमाथि परेको जनाइएको छ । अमेरिका र बेलायतमा भाइरसको महामारीले गर्दा पासपोर्ट पनि कमजोर भएको निष्कर्ष निकालिएको छ । जापानमा भाइरसको नियन्त्रण बलियो भएकाले जापानी पासपोर्ट पहिलो स्थानमा सुरक्षित रहेको जनाइएको छ ।

प्रतिक्रिया