काठमाडौं–नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको कारण नेपाल चीन र भारतको खेलमैदान भएको आरोप लगाएका छन् । प्रधानमन्त्रीको गैर जिम्मेवारीको कारण छिमेकीहरु नेपालको राजनीतिमा खेलेको बताए ।
प्रधानमन्त्री ओलीले भारतीय खुपिया एजेन्सीलाई मध्य रातमा भेट्ने, चिनियाँ राजदूतको अनावश्यक सक्रियताप्रति लक्षित गर्दैै यस्तो धारणा राखेका हुन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४को आमसभामा यस्तो बताएका हुन् । नेता थापाले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमा साथ दिएर राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक काम गरेको आरोप लगाएका छन् ।