श्रीमतीले यो संसार छोडेर गएको पाँच दिनमै श्रीमानले पनि संसार छाडे

काठमाडौ – संगै जिउने सँगै मर्ने कसम खाने कुरा नयाँ प्रेमीहरु निकै चर्चामा छ । माया गर्दा एकले अर्कोलाई प्रभावमा पर्ने यस्तो बाचा गर्ने गरिन्छ तर यो बाचा कसैले पलान गर्दैनन् ।

गुल्मीका एक जोडीले भने यो बाचा पूरा गरेका छन् । बेलायतमा बस्दै आएका चन्द्रकोट ४ शान्तिपुर स्थायी ठेगाना भएका ४९ वर्षीय विजयकुमार पुन र उनकी धर्मपत्नी ५१ वर्षीया रत्नाकुमारी गुरुङ पुनको पाँच दिनको अन्तरालमा निधन भएको हो । रत्नाकुमारीको जनवरी ३ मा अस्पतालमा उपचार गराइरहेका बेला निधन भएको हो भने उनका पति विजयको बिहीबार निधन भएको हो ।

उनीहरुका २ छोरी र एक छोरा रहेका छन् । गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष हाल सल्लाहकार रहेका ओम थापा काउचाले उनीहरुको पाँच दिनको अन्तरालमा निधन भएको भन्दै दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत काउचाले पुन दम्पतिको निधनको खबरले बेलायतबासी गुल्मेली अत्यन्तै मर्महात भएको जनाएका छन् ।

प्रतिक्रिया