काठमाडौं–नेकपाका नेता भीम रावलमाथि ‘साइबर सेना’ ले आक्रमण गरेका छन् । रावलमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले तयार पारेका ‘साइबर सेना’ले आक्रमण गरेका हुन् ।
नेकपा (दाहाल–नेपाल) समूहका नेता रावलले आफू माथि ‘साइबर सेना’ले आक्रमण गरेको आरोप लगाए । उनले आफूले नगरेको कुरालाई सामाजिक सञ्जालमार्फत आफूलाई खुइल्याउन खोजेको टिप्पणी गरे । शुक्रबार अछाम काठमाडौं सम्पर्क मञ्चले गरेको बृहत कार्यकता भेलामा यस्तो धारणा राखेका हुन् ।
ओली पक्षधर नेकपाका नेता महेश बस्नेतले प्रधानमन्त्रीमाथि सामाजिक सञ्जालमार्फत आक्रमण गर्नेलाई प्रतिरोध गर्न युवा संघ अन्तर्गत साइबर सेना बनाएको बताएका थिए । बस्नेतका अनुसार साइबर सेनाको काम सामाजिक सञ्जालमा ओली समूहको बचाउ गर्ने हो ।
सामाजिक सञ्जालमा आफूलाई खुईल्याउने काम भएको भन्दै चिन्ता व्यक्त गरे ।
आफुले सदैव राजनीतिक भाषा प्रयोग गर्दै आएको भन्दै नेता रावलले प्रधानमन्त्री केपी ओलीको किड्नीका बारेमा आफुमाथि लगाइएको आरोप पनि प्रायोजित रुपमा उनको साइबर सेनाले लगाएको स्पष्ट परे ।
आफ्नो पद जान लाग्यो भनेर ओलीले पार्टी विभाजन गरेको आरोपसमेत लगाए । रावलले झुटा र भ्रष्टाचारीलाई संरक्षण दिएको आरोपसमेत लगाए । रअका प्रमुखसँग मध्यरातमा भेटर प्रधानमन्त्री ओलीले घोषणा पत्र र पार्टीबाट भागेको टिप्पणी रावलले गरे ।