"काली पसम कि २" मा आवाज दिँदा स्टुडियो मै शान्ती श्रीले आँसु धाम्न नसकेपछि.....

काठमाडौं । लोकप्रिय गायिका शान्ती श्री परियारले सोमबार सामाजिक सञ्जालमा लेखेको एउटा स्टाटस एकाएक भाइरल भयो। उनले आफ्नो फेसबुकमा लेखेकी छिन् –
"हरेक वर्ष मलाई रुवाउने किन होला रु? यति सारो पनि लेख्ने?"

शान्तीले सो स्टाटसमा गीतका सर्जक प्रेम सापकोटालाई मेनसनसमेत गरेकी छन्।

गीत "कालि पसम कि" को दोस्रो भागको रेकर्डिङका क्रममा आफू स्टुडियोमै रोएको अनुभव शान्तीले सामाजिक सञ्जालमार्फत व्यक्त गरेकी हुन्। अघिल्लो वर्ष सार्वजनिक भएको "कालि पसम कि" निकै लोकप्रिय भएको थियो र त्यसको भाग २ को तयारी अहिले सर्जक सापकोटा नेतृत्वमा भइरहेको छ। भाग एकले युउटुवमा ७६ लाख भन्दा धेरै दर्शक बनाइसकेको छ । 

सर्जक सापकोटाले यसपटक पनि विगतकै कथा लिएर केही फरक ढंगले प्रस्तुत गर्ने प्रयास गरिरहेको बताए। साथै, यस वर्षको तीज गीतमार्फत पनि आफ्नो टिमले उत्कृष्ट प्रस्तुति दिने विश्वास व्यक्त गरे।

तीजको भाव बोकेको एकल गीतको अडियो तयार हुँदैछ भने भिडियो निर्माणको योजना समेत निर्माण युनिटले अघि सारेको छ। यस गीतको निर्देशन यसपटक पनि जेरि भण्डारीले नै गर्ने तय भएको छ।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय