धुर्मुस सुन्तलीले बनाएको मुसहर बस्तीमा चिसोले एकै परिवारका एक महिने शिशु सहित तीन जनाको ज्यान लियो

काठमाडौ – केही समय पहिला हास्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले बनाइदिएको एकीकृत बस्ती मुसहर बस्ती बर्दिवासमा चिसोले एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

बीस दिनका अवधिमा स्थानीयवासी रामरती सदाका घरमा एक बुहारी, एक नाति र एक नवजात नातिनीको मृत्यु भएको हो । घर भएपनि न्यान्योको लागि कपडा र खाना प्रसस्त नहुँदा ज्यान गएको हो ।

ओढ्ने, ओछ्याउने, पर्याप्त न्यानो लुगाफाटा (सिरक, डसना) तथा तातो खानेकुराका अभावमा यही पुस ९ गते रामरतिकी ३५ वर्षीया गर्भवती बुहारी सितोलाई अत्यधिक चिसो लागेको र अत्यधिक रक्तश्राव भएपछि उनलाई उपचारका लागि बर्दिबास अस्पतालमा लगिएको थियो । उनले रक्तश्रावकै बीच छोरी जन्माएकी थिइन् । केहीबेरको अस्पताल बसाइपछि नै उनको मृत्यु भएको थियो । साथै नवजात शिशुको पनि जन्मेको ६ घण्टामै मृत्यु भएको थियो ।

एकैसाथ बुहारी र नातिनीको मृत्युपछि रामरतिका घरमा शोक छाएको थियो । सामाजिक, धार्मिक परम्परानुसार उनको क्रियाकर्म गर्दै गर्दा गत मङ्गलबार १३ औंँ दिनका पुण्यतिथिमा अचानक उनका अर्का आठ महिने नाति (हरिनारायण सदाका माहिला छोरा) आठमहिने प्रभासको पनि मृत्यु भएको रामरतिले सञ्चारकर्मीलाई जानकारी दिए ।

प्रतिक्रिया