काठमाडौ – आज सुर्खेत गुर्भाकोट भुलकेमा यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने २ गम्भीर घाइते भएका छन् ।
बस भेरी नदिएमा खसेको थियो । दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस भेरी नदीमा खस्दा दाङको बबइ गाउँपालिका ३, का २१ वर्षीय सुमन नेपालीको ज्यान गएको हो ।
२ जना घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको छ । प्रहरीका अनुसार गाडीमा तीन जनामात्रै सवार थिए ।