जीवनको झल्को आँउछकालाई छोटो समयमै ५ लाख दर्शक

काठमाण्डौ – नव सर्जक जीवन कँडेलको नयाँ गीत झल्को आम्चकालाई दर्शकले छोटो समयमै अत्यधिक माया प्रदान गरेका छन । गीतले सार्वजनिक भएको छोटो समयमै पाँच लाख दर्शक बनाउन सफल भएको छ ।

गीतको विषय र सम्पुर्ण पक्ष निकै उत्कृष्ट भएकै कारणले गीतलाई छोटो समयमै धेरै दर्शकको माया मिलेको हो । गीतलाई दिपक र जीवन कँडेल मिलेर बनाएका हुन ।

उत्कृष्ट शब्द र सोही अनुसारको लय सिर्जना भएको सो गीतमा शब्द कडेंल दाजुभाइले मिलेर बनाएका हुन भने लय जीवन कँडेलले ।

गीतबाट सबैले राम्रो प्रतिक्रिया दिएको सर्जक कँडेलले हामीलाई बताउनु भयो । टिपिकल शब्द र लय समेत रहेको सो गीतलाई दर्शक स्रोताले समेत राम्रो गीत भन्ने प्रतिक्रिया दिएका छन् ।

अन्जु पन्त र बादल थापाको आवाज रहेको सो गीत क्रान्ति केसीले कलात्मक निर्देशन गरेका छन् । आकाश श्रेष्ठ र रियासा दाहालको अभियान रहेको सो गीतलाई दीपिका म्युजिकले बजारमा व्यवस्थापन गरेको छ ।

प्रतिक्रिया