• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

प्रि- ओपनीङ सेसनमा सामान्य बढ्यो नेप्से,प्रभू इन्स्योरेन्सको कारोबार हुन सकेन

काठमाण्डौ । साताको अन्तिम दिन विहीबार प्रि ओपनीङ सेसनमा नेप्से सामान्य अंकले बढेको छ ।

नेप्से करिब तीन अंकले बढेर २१ सय ८१ विन्दुमा पुगेको छ । ३४ कम्पनीको कारोबार भएकोमा तीस लाखको कारोबार भएको छ । यो सेसनमा नेपाल Re Insurance कम्पनीको सबै भन्दा धेरै कारोबार भएको छ ।

यो हप्ता नेप्सेमा निकै उतारचडाव आएको छ । आज साताको अन्तिम दिन भने लगानीकर्ताहरुको उत्साहजनक सहभागीता जनाउने धेरैके अपेक्षा रहेको छ ।

निकै सुस्तरुपमा कारोबार भइरहेको प्रभू इन्स्योरेन्सको विहिबार प्रि ओपन सेसनमा पनि कारोबार हुन सकेन । बुधबार मात्र यो कम्पनीको शेयरमा सकारात्मक सर्किट लागको थियो ।

प्रतिक्रिया