अमेरिकी संसदमा भएको घटनाको चौतर्फी निन्दा, ट्रम्पका प्रमुख सचिवद्वारा राजिनामा

काठमाडौं–अमेरिकी संसदमा राष्ट्रपति डोनाल ट्रम्प समर्थकले गएराती गरेको तोडफोड र हिंसाको घटनालाई लिएर चौतर्फी निन्दा भएको छ । यो घटनालाई लिएर चौतर्फी आलोचना भएको छ ।

घटना पछि अमेरिकी फस्ट लेडी मेलानिया ट्रम्पका प्रमुख सचिव एवं ह्वाइट हाउसका संचार अधिकृत स्टिफेन ग्रासमले पदबाट राजीनामा दिएका छन् । साथै, ह्वाइट हाउसका सामाजिक सचिव अन्ना क्रिस्टिनाले पनि घटना लगत्तै राजिनामा दिएकी छन् । यी दुबैजना अधिकृत ट्रम्प प्रशासनमा लामो समयदेखि कार्यरत थिए ।

घटनाको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी लोकतन्त्रमाथिको हमलाले आफूलाई चिन्तित बनाएको बताएका छन् । क्यानेडेली प्रधानमन्त्री जस्टिन टुर्डोले पनि अमेरिकी संसदमा भएको हमलाको निन्दा गर्दै दुःख व्यक्त गरेका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अमेरिकी संसदमा देखिएको दृश्यलाई लज्जास्पद भएको टिप्पणी गरेका छन् । ‘लोकतान्त्रिक मुलुकको लागि शान्तिपूर्ण शक्ति हस्तान्तरण हुनु महत्वपूर्ण छ’ उनले भनेका छन् । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले पनि ट्वीट गर्दै अमेरिकी परम्पराअनुसार सत्ताको हस्तान्तरण हुनुपर्ने बताएका छन् ।

न्यूजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले क्यापिटल हिलमा भैरहेको विकासक्रमलाई नियालिरहेको लेखेकी छन् । उनले लोकतन्त्रको जित हुनेमा शंका नरहेको लेखेकी छन् । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले अमेरिकी लोकतन्त्रमा आफूलाई विश्वास रहेको उल्लेख गर्दै लोकतन्त्रको जित हुने बताएका छन् । जर्मनीका विदेशमन्त्री हेड्को मासले निर्वाचनको नतिजालाई स्वीकार्न ट्रम्प प्रशासनलाई आग्रह गरेका छन् ।

अमेरिकी विदेशमन्त्री जिन यभ्सले अमेरिकी लोकतन्त्रको विजय हुनेमा आफू ढुक्क रहेको बताएका छन् । गएराति राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद सत्र चलिरहेको बेला संसद भवन क्यापिटल बिल्डिङ भित्रै पसेर तोडफोड र हमला गरेका थिए ।

प्रतिक्रिया