नागरिक लगानी कोष स्वामित्वको ७५ हजार कित्ता सेयर बिक्रीमा

काठमाण्डौं– नागरिक लगानी कोषले आफ्नो स्वामित्वमा रहेको सीबीआईएल क्यापिटलको ७५ हजार कित्ता सेयर लिलामी मार्फत बिक्री राखेको छ । कोषले सीबीआईएल क्यापिटल लिमिटेडमा रहेको आफ्नो स्वामित्वको संस्थापक सेयर आज बिहीबार लिलामीमा राखेको हो ।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२२ रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिद गर्न चाहाने लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल हुनुपर्नेछ । बोलपत्र आजको मितिबाट ३५ दिनभित्र पेस गर्न सकिने कोषले जनाएको छ ।

यो लिलामी सेयरमा विद्यमान संस्थापकधनी सहित योग्य जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले बोलपत्रमार्फत खरिद गर्न सक्नेछ । लगानीकर्ताले आफू लिन चाहेको सेयर संख्या र रकम स्पष्ट उल्लेख गरी काठमाण्डौको नयाँबानेश्वर स्थित कोषको पूँजीबजार महाशाखा ब्लक बी (पहिलो तल्ला) बोलपत्र आवेदन पेस गर्ने व्यवस्था छ ।

प्रतिक्रिया