अमेरिकी संसद भवनमा आक्रमण र तोडफोड, १ को मृत्यु

अमेरिकामा क्यापिटल बिल्डिङमा डोनल्ड ट्रम्पका समर्थकले संसद भवन र आसपासमा हिंसक आक्रमण गरेका छन् । सो तोडफोडमा एक जनाको ज्यान समेत गएको छ ।

यद्यपि, अब क्यापिटल बिल्डिङ सुरक्षित छ । अमेरिकी अधिकारीले यसको घोषणा गरेका हुन् । क्यापिटल भवन, संयुक्त राज्य कांग्रेसको बैठक स्थल हो।

क्यापिटल भित्र उपस्थित रिपोर्टका अनुसार जब सुरक्षाबलका प्रमुखले यसबारे जानकारी दिए तब सांसदले ताली बजाएका थिए ।

डोनल्ड ट्रम्पका समर्थकले बुधबार क्यापिटल बिल्डिङमा प्रवेश गरेर हिंसा सुरु गरिदिए । यो हंगामा त्यतिबेला भयो जब अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजको विषयमा बहस चलिरहेको तियो । यहाँ जो बाइडेनको चुनावी जीतको पुष्टि गरिने कार्यक्रम पनि थियो ।

सदनमा चलिरहेको बहसका बेला अचानक डोनल्ड ट्रम्पका समर्थक क्यापिटल बिल्डिङभित्र पुगे । यसका कारण बहस बीचमा नै रोक्नुपर्यो ।

डोनल्ड ट्रम्पका समर्थकले चुनाव रद्द गर्ने माग गर्दै प्रदर्शन गरिरहेका थिए । यतिबेला केही प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप भयो ।

स्थिती अनियन्त्रित भएपछि नेशनल गार्डलाई क्यापिटल पठाइयो ।

रिपोर्टका अनुसार क्यापिटल बिल्डिङमा एक आगो निभाउने यन्त्र बिस्फोट भएको छ भने एक महिलालाई गोली लागेको छ । बीबीसीले ती महिलाबारे कुनै जानकारी नभएको बताएपनि द वासिङ्टन पोस्ट र सीएनएनले भने उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताएका छन् ।

प्रतिक्रिया