एनसेलले पौने १४ करोड विद्युत महशुल तिरेन

काठमाडौं–निजी क्षेत्रको दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपाल विद्युत प्राधिकरणलाई बुझाउनु पर्ने १३ करोड ८० लाख रूपैयाँ विद्युत महसुल बुझाएको छैन ।

एनसेलको पोखरा कार्यालयमा बुझाउनु पर्ने विद्युत महसुल नबुझाएको हो । महसुल नबुझाएपछि प्राधिकरणको लेखनाथ वितरण केन्द्र पोखराले एनसेलमा दिइएको विद्युत लाइन काटेको हो । प्राधिकरणको लेखनाथ वितरण केन्द्रले एनसेललाई काटेको पत्रअनुसार कम्पनीले गत भदौमा नै एनसेललाई बक्यौताको जानकारी गराएको थियो ।

एनसेलले यसको विरुद्धमा जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो। अदालतले प्राधिकरणलाई अघि बढ्ने बाटो खोलिदिएसँगै एनसेलमा दिइएको विद्युत लाइन काटिएको हो।

प्रतिक्रिया