केपी ओली नेपालका क्यान्सर हुन – बाबुराम भट्टराई

काठमाण्डौ – पूर्व प्रधानमन्त्री तथा जसपाका संघीय परिष्द अध्यक्ष बाबुराम भट्टराई ओलीले संसद विघटन गर्नु संविधानमाथिको आक्रामण भएको बताएका छन ।

उनले ओलीविरुद्ध कडा टिप्पणी गर्दै ओली नेपालको राजनीतिको क्यान्सर भएको बताउनु भयो । उनले भने, किन संयुक्त आन्दोलन हुन सकेको छैन । यसमा म केही प्रस्ट पार्छु । नेकपाले केपी ओलीसँग बीचमै मिलेर जाने अवस्था आए हामी यता न उता हुन्छौँ । यसमा नेकपाले प्रस्ट पार्नुपर्छ । ओली नेकपाभित्रको क्यान्सर हुन् । उनी नेकपाको मात्र पनि नेपाली राजनीतिको क्यान्सर हुन् । नेकपाका साथीहरूले बुझ्नुपर्छ ।

प्रतिनिधि सभा विघटन गरेपछि सत्तापक्ष मात्र होइन सबै विपक्ष समेत यसको विरोधमा सडक संघर्षमा रहेका छन । विघटनको मुद्धा अहिले अदालतीय प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया