आरम्भ चौतारी लघुवित्तको भोलीबाट कारोबार हुने, मर्जर नहुने

काठमाण्डौ । केहि समय देखि नेप्सेमा कारोबार बन्द रहेको आरम्भ चौतारी लद्युवित्तको कारोबार भोली अर्थात विहीबारदेखि सूरुहुने भएको छ ।

कम्पनीले मर्जर सम्झौताको कारण नेप्सेमा शेयर कारोबार रोक्का रहेको लघुवित्तको मर्जर सम्झौता रद्द भएसँगै भोलीबाट नेप्सेमा कारोबार हुने भएको छ ।

आरम्भ चौतारी लघुवित्त र अन्य दुई लघुवित्तसँग मर्जर सम्झौता भएपछि गत असोज ८ गतेदेखि आरम्भ चौतारी लघुवित्त शेयर कारोबार नेप्सेमा बन्द हुँदै आएको थियो ।

आरम्भ चौतारी तथा सिवाईसी नेपाल र शालिग्राम लघुवित्तले गत असोज ९ गते मर्जर सम्झौता गरेका थिए । तीन लघुवित्तबीच भएको २०७७ असोज ९ गतेको मर्जर सम्झौतामा पुस ९ गते बसेको संयुक्त मर्जर समतिको बैठकमा थप संस्थाहरुलाई पनि मर्जरमा समावेश गर्ने सम्बन्धमा फरक फरक धारण आएपछि प्रारम्भिक मर्जर सम्झौता रद्ध गर्ने निर्णय गरेका हुन् ।

आरम्भ र चौतारी लघुवित्तले सिवाईसी नेपाल र शालिग्राम लघुवित्तसँग भएको मर्जर सम्झौता रद्ध भएसँगै पुस १३ गते अन्य दुई लघुवित्तहरु लुम्बिनी प्रदेश कार्यक्षेत्र भई बुटवल उपमहानगरपालिकामा केन्द्रीय कार्यालय रहेको देउराली लघुवित्त वित्तीय संस्था लिमिटेड र बाग्मती प्रदेश कार्यक्षेत्र भई बनेपामा केन्द्रीय कार्यालय रहेको विपिडब्लु लघुवित्तलाई प्राप्ती गर्ने सम्झौता समेत गरेको छ ।

प्रतिक्रिया