• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

१२ अंकले बढ्यो नेप्से,कारोबार रकम भने बढेन

काठमाण्डौ – कारोबारको चौथो दिन नेप्सो १२ अंकले बढेर बजार बन्द भएको छ । नेप्से आज २१ सय ७७ विन्दुमा पुगेर बजार बन्द भएको छ ।

आज कारोबार भएका धेरै जसो कम्पनीको शेयर मूल्य बढेको छ भने ५७ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै १ सय ७ कम्पनीका शेयर धनिले आज कमाए ।

२ सय ५ कम्पनीको शेयर कारोबार भएकोमा ४ अर्व ३३ करोड माथीको कारोबार भएको छ । यो कारोबार रकम हिजोको तुलनामा कमि हो । आज ४० हजार भन्दा धेरै पटक शेयरको कारोबार भएको छ । नेप्सेका अधिकांस सूचक हरियो बन्दा जल विद्युतको सूचक भने सामान्य घटेको छ । त्यस्तै ब्यापार क्षेत्रको पनि उपसुचक घटेको छ ।

प्रतिक्रिया