पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपमा नेपाली पुगे फाइनलमा,विजेता बने पाउने छन २३ करोड ४० लाख

काठमाण्डौ – पछिल्लो समय निकै लोकप्रिय बनिरहेको मोवाइल गेम पब्जी ग्लोबल च्याम्पियनशिप २०२० को फाइनलमा नेपाली टिक फाइनलमा प्रवेश गरेको छ ।

पीएमजीसीमा अब नेपालीहरु उपाधिका लागी प्रतिस्पर्धा गर्नेछन । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को फाइनल आगामी जनवरी २१ देखि २४ सम्म सञ्चालन हुनेछ । सुपर विकेण्ड राउण्डमा स्लेयरले १० औं स्थानमा पुग्दै फाइनल सुरक्षित गरेको हो ।

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० मा नेपाली टिम एबरप्ट स्लेयर फाइनलमा प्रवेश गरेपनि डीआरएस भने सुपर विकेण्ड चरणबाटै बाहिरिएको थियो । फाइनलमा प्रवेश गरेको एबरप्ट स्लेयरले चार विकेण्डको अवधिमा कूल ४५ खेलमा ३ सय १२ अंक बटुलेको थियो ।

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को विजेताले २० लाख अमेरिकी डलर अर्थात् करिब २३ करोड ४० लाख नेपाली रूपैयाँ पाउने छ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को फाइनल खेल दुबईमा हुँदैछ ।

प्रतिक्रिया