नारायणी बैंकले ६ करोडको सेयर निष्कासन गर्ने

काठमाण्डौ–नारायणी डेभलपमेन्ट बैंकले करिब साढे ६ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंकलाई ६ लाख ५६ हजार १६९ कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको छ । यो हकप्रद सेयर हो ।

बैंकले हकप्रद सेयर निष्कासनका लागि अनुमति माग गरेकोमा ६ करोड ५६ लाख १६ हजार ९सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । बोर्डले नारायणी बैंकलाई १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनको अनुमति दिएको जनाएको छ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

बैंकलाई ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने बाटो खुलेको छ । बैंकको १८ औँ वार्षिक साधारणसभाबाट १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनको विशेष प्रस्ताव पारित गरेको थियो । हकप्रद सेयर बिक्रीपछि बैंकको चुक्तापुँजी १३ करोड १२ लाख रुपैयाँ पुग्नेछ । बैंकले पुस २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २८ गतेसम्म कायम सेयरधनीहरुमात्र यो बैंकको हकप्रद किन्न र सभामा भाग लिन योग्य हुनेछन् । बैंकले साधारण सभा आउँदो माघ १६ गते आयोजना गरेको छ ।

प्रतिक्रिया