काठमाण्डौं–सुनको भाउ लगातार बढेको छ । यो साता मात्र सुनको भाउ तोलामा २२ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ ९६ हजार ७ रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार २ सय रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ ३ सय रुपैयाँले बढेको हो ।
मंगलबार पनि सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँले बढेको थियो । यो बढोत्तरीसँगै हिजो प्रतितोला फाइन गोल्ड ९६ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेर १ हजार ३४० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार पनि चाँदीको भाउ १० रुपैयाँले बढेर १ हजार ३३५ रुपैयाँ थियो ।