बसाईसराई रोक्न बाग्लुङ काठेखोलाका युवाको प्रशंसनिय पहल

सुवास कँडेल/बाग्लुङ - गाँउबाट बसाईसराई रोक्न बाग्लुङ काठेखोला गाउँपालिका ५ करलीमका युवाले गाँउकै बिकासमा पहल सुरु गरेका छन ।

उनीहरुले गाउँमा नै गुणस्तरिय शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै गाउँमै आधुनिक कृषि र पर्यटनको विकासलाई जोड दिइ गाँउमा रहेका युवाहरुलाई गाउँमै रोजगार तथा स्वरोजगार बनाउंदै गाउँको चौतर्फि विकास गरेर गाउँलाई हराभरा बनाऊने अभियानमा एकजुट भएका छन्। गाउँमै रहेका र रोजगारी तथा व्यवसायको सिलशीलामा देश तथा विदेशका विभिन्न भागमा रहेका करलिमका युवाहरु करलिम कल्याण कोष नामक संस्था स्थापना गरि यस कार्यमा सक्रियताका साथ लागिपरेका छन्। आफुलाई जन्म दिने आमा र आफु जन्मेको भुमि संसारको जुनसुकै कुनामा पुगेपनि र जस्तोसुकै सुखसयलमा रमाएपनि त्यो सुखसयल भन्दा प्यारो लाग्नेहुँदा गाउँमा केही गर्नुप्रर्छ भन्ने आत्मैदेखिको हुटहुटी आईरहने यंहाबाट विदेशमा गएका युवाहरु बताऊछन्।

गाउँको चौतर्फि विकासमा लाग्ने प्रतिवद्दताका साथ पहिलो चरणमा शिक्षालाई सुधार गर्ने र विभिन्न कारणबस शिक्षा लिनबाट बन्चित विपन्न तथा अशाय बालबालिकालाई नि:शुल्क आवासीय सुविधा दिदै गुणस्तरिय शिक्षा प्रधान गर्ने ऊद्देश्यले जिल्लाको पश्चिम भेग तथा विकट बझाडं बाजुरा जिल्लाबाट समेत विध्यार्थीहरु ल्याई यहि मिती २०७८ भाद्र १ गतेबाट आवासीय सुविधा सहितको सेवा प्रदान हुन लागिरहेको युवा समाजसेवि तथा यस कार्यक्रमका संयोजक लक्ष्मणदत्त सुबेदीले बताऊनु भयो । आफु जन्मेको र पुर्खादेखि हाम्रो पिढी सम्म यहिको माटोले आश्रय र पालनपोषण गरेको, यदि अहिले हामी अन्य ठाउँमा नगएको भए पनि हाम्रा छोरा नाती समेत धेरै पुस्तालाई आश्रय दिने यस्तो पुन्य भुमिलाई सबैले माया गर्नुप्रर्ने यंहाका पुराना समाज सेविहरु बताउछन ।

गरिव र दु:खिलाई दान पु्न्य गर्नुप्रर्छ,आत्मा र परआत्मा एऊटै हो दु:ख मा परेकालाई सहयोग गर्नुप्रर्छ आफुले कमाएको सम्पत्तिको केही अंश गरिब र दु:खि हरुको सेवामा अर्पण गर्नुप्रर्छ भन्ने पुराना पुस्ताको विचारबाट यहाका युवाहरु पनि प्रभावित भएका छन । सोहि अनुसार सहयोग गरिरहेको हाल जापानमा रहेका समाजसेवि ऋषिराम कंडेलले जानकारी दिनुभयो । युवाहरुले थालनि गरेको यो कामबाट अब गाउँमा नै गुणस्तरिय शिक्षा,स्वास्थ ऊपलब्ध हुनुका साथै रोजगारीका अवसर समेत सृजना हुने हुदा अब गाउँबाट बसाईसराईको क्रम रोकिने विश्वास यंहाका स्थानियले लिएका छन्।

प्रतिक्रिया