प्रभू इन्स्योरेन्सका लागानीकर्ता आज पनि निराश,दिनभरिमा ३० कित्ता कारोबार,१३ रुपैयाँले मात्र बढ्यो मूल्य

काठमाण्डौ । प्राथमिक शेयर निस्कासनगरि दोस्रो बजारमा कारोबार सुरु गरेको प्रभू इन्स्योरेन्सको मंगलबार सम्ममा पनि खासै कारोबार भएको छैन ।

मंगलबार यो शेयरको जम्मा ३० कित्ता कारोबार भएको छ । कारोबासँगै आज यसको मूल्य पनि सामान्य बढेर १ सय ५८ रुपैया पुगेको छ ।
शेयरको सोचे जस्तो मूल्य पनि बढ्न नसके पछि यो शेयरलाई लिएर निकै चर्चा परिचर्चा भइरहेको छ । धेरैले मंगलबार सम्ममा यो शेयर मूल्य ४ सय उकालो लागि सक्ने अनुमान गरेका थिए ।

मूल्य बढ्नको लागी कारोबार हुनु पर्ने तर यसको कारोबार नहुँदा शेयर मूल्य बढ्न नसकेको हो । आज पनि यो शेयरको खरिदको लागी निकै चाप रहेको थियो । प्रभूको आज ३२ लाख सम्म कित्ताको लागि माग आएको थियो ।

प्रतिक्रिया