मंगलबार नेप्सेमा सामान्य करेक्सन,कारोबार रकम पनि घट्यो

काठमाण्डौ मंगलबार नेप्सेमा सामान्य करेक्सन भएको छ । नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ ।

आज बजार २१ सय ६५ विन्दुमा पुगेर बन्द भएको छ । आज नेप्सेका अधिकांस सूचकहरु घटे पनि विकास बैक,जलविद्युत र गैरजिवन विमा कम्पनीहरुको सूचक भने सामान्य बढेका छन ।

आइतबार करिव सतकले बढेको नेप्से त्यस यता भने घटिरहेको छ । आज कारोबार भएका २ सय ६ कम्पनी मध्य ९४ कम्पनीका शेयर धनिले कमाए भने ७३ कम्पनीका शेयर सदस्यहरुले गुमाए । आज करिव ४ अर्व ५५ करोड भन्दा धेरैको कारोबार भएको छ ।

सात नेप्से घटे पनि ७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज शिखर इन्स्योरेन्सको सबै भन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया