नयाँ उर्जा मन्त्री रायमाझीले फेरी कुलमानमाथी टिप्पणी गर्दै भने – काठमाण्डौमा तार भुमिगत गर्नु गलत

काठमाण्डौ । भर्खर मात्र उर्जा मन्त्रीमा नियुक्त भएका टोपबहादुर रायमाझीले कुलमानमाथी पटक पटक निशाना साध्ने गरेका छन ।

केहि दिन अघि लोडसेडिङ केपी ओलीले अन्त्य गरेको भनेका रायमाझीले भर्खर मात्र एउटा कार्यक्रममा काठमाण्डौको तार भुमिगत गर्ने यस अघिको निर्णय गलत भएको सकेत गरेका छन ।

केहि दिन अघि गृहनगर सन्धिखर्क पुगेर रायमाझीले अहिले काठमाण्डौमा तारहरु भुमिगत गराउने कार्यले जोखिम बढ्ने बताएका हुन । उनले भने त्यहाँ स्काभेटरले खन्न थाल्यो भने स्काभेटरको मान्छे पनि मर्छ, त्यो धेरै खतरनाक भइराखेको छ । अहिले त्यो अध्ययन भइराखेको छ ।’

तर विज्ञहरुले भने मन्त्रीको भनाईमा कुनै तुक नभएको बताएका छन । विकसित देशहरुमा समेत यो काम भइरहेको बताउँदै खूल्ला तार भन्दा भुमिगत तारमा जोखिम कम हुने विज्ञको भनाइ छ ।

प्रतिक्रिया