भारतीय प्रहरीले नेपाली युवामाथि गोली हान्यो

काठमाडौ – छुट्टीमा नेपाल आउन लागेका एक नेपाली युवालाई भारतीय प्रहरीले गोली हानेको छ ।

नेपाल-भारतको सीमा कुदियाकबरमा सो घटना घटेको हो ।

कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका वडा नं. १ का १८ वर्षीय नरेश सुनार सोमबार साँझ साढे ६ बजे गोली लागेर घाइते भएको प्रहरीले जनाएको छ । सुनार को खुट्टामा गोली लागेको छ ।

अहिले भने उनी अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रोजगारीका लागि गएका सुनार भारतबाट स्वदेश फर्किरहेका थिए । प्रहरीले किन गोली चलायो भन्ने अझ सम्म खुल्न सकेको छैन ।

प्रतिक्रिया