रवि लामिछानेको कार्यक्रम सिधा कुरा जनतासँग बन्द हुने,यस्तो छ टिमको तयारी

काठमाडौं – चर्चित् पत्रकार रवि लामिछानेले न्युज २४ टिभिमा सञ्चालन गर्दै आएको कार्यक्रम सिधाकुरा जनतासँग बन्दहुने भएको छ ।

यो टिमले टेलिभिजन छोड्ने खवरसँगै कार्यक्रम समेत बन्द हुनेभएको छ । योसँगै सिधाकुराको टिमले आफ्नै टेलिभिजन सञ्चालन गर्न तयारी थालेको स्रोतको दावी छ ।

सिधा कुरा जनतासँग न्युज २४ च्यानलमा ५ वर्षदेखि प्रसारण हुँदै आइरहेको छ ।लामिछाने लगायत अन्य केहि टिकमा सदस्यहरुले समेत त्यहाबाट राजिनामा दिइसकेको दावी छ ।

नयाँ टेलिभिजन सुरू गर्ने तयारी पहिलेदेखि नै भएको र त्यसमा काम भैरहेकाले उक्त कार्यक्रम नयाँ टेलिभिजनबाट संचालन गरिने लामिछाने निकट एक संचारकर्मीले बताए । अहिले टेलिभिजनको काम अगाडी बढिरहेको हुनाले तयार हुन केहि महिना अझै लाग्ने बताइएको छ

प्रतिक्रिया