काठमाण्डौ – दिनभरी हरियो बनेको नेप्से बन्दहुने बेलामा भने रातो हुँदै ६ अंक भन्दा बढिले घटेको छ ।
आज नेप्से २१ सय ६९ विन्दुमा पुगेर बन्द भएको छ । नेप्से घटेपनि कारोबार भने आइतबारको तुलनामा बढेको छ । आज करिव ६ अर्वको कारोबार भएको छ । कारोबार अवधिभर बढेको नेप्से बजार बन्द हुने अन्तिम समयमा मात्र घटेको थियो ।
२ सय २ कम्पनीको कारोबार भएकोमा ९६ कम्पनीको शेयर मूल्य घटेको छ भने ६२ कम्पनीको शेयर मूल्यमा बृद्धि भएको छ । आज नेप्सेका अधिकांस सूचकहरु रातो बनेका छन भने उप सूचकहरु पनि घटेका छन ।
आज जानकी फाइनान्सको सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने नेपाल पुर्नविमा कम्पनीको सबै भन्दा धेरै कारोबार भएको छ ।