“साँचो मायाले” अस्मितालाई परिचय र गणेशलाई चर्चा दिलायो

काठमाण्डौ भर्खर मात्र सार्वजनि भएको एउटा गीत सामाजिक सञ्जालमा निकै चर्चामा छ । गीत हो साँचो मायाको । यो गीतले अस्मिता क्षेत्रीलाई राम्रो परिचय दिएको छ भने गणेश अधिकारीको चर्चा चुलिएको छ ।

गीत सार्वजनिक भएको छोटो समयमै धेरेको मन जित्दै उच्कृष्ट सूचिमा समेत परेको छ । गीतले यो समाचार तयार पार्दा सम्म २ लाख २३ हजार भन्दा धेरै दर्शक बनाएको छ भने धेरैले उत्कृष्ट गीत भएको प्रतिक्रिया समेत दिएका छन ।

गीतलाई गणेश अधिकारी आँफैले बनाएका हुन भने अधिकारी र अस्मिता क्षेत्रीको आवाज रहेको सो छ । गीतमा सारिका केसी र गणेश आफैंले दमदार अभिनय गरेका छन् ।

स्मृति तिमिल्सेनाले निर्देशन दिएको सो गीत टिक टक मा भाइरल जस्तै भइसकेको छ ।

प्रतिक्रिया