पत्नी सीताको उपचारको लागि दाहाल भारत प्रस्थान

काठमाण्डौ । पत्नी सीता दाहालको उपचारको लागी नेकपा अध्यक्ष पुष्पकमल दाहाल आज भारत प्रस्थान गरेका छन । उनी सोमवार विहान ११ बजेको उडानबाट बुम्बई लागेका हुन ।

सीताको उपचारमा दाहालसँगै उनकी छोरी गंगा दाहाल पनि साथमा गएको सचिवालयले जनाएको छ ।

सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । नेशनल हेल्थ सर्भिस, ब्रिटेनका अनुसार पीएसपी एक दुर्लभ स्थिति हो, जसका कारण मानिसको मानसिक असन्तुलनका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ । मस्तिष्कको कोषिकामा क्षति हुँदा यस्तो समस्या देखिने चिकित्सकहरु बताउँछन् ।

नेपालको अस्पतालमा उचपार सम्भव नभए पछि उनलाई आज भारत लैजान थालिएको हो । उनको यस अघि पनि अमेरिका,सिँगापुर र भारतमा उपचार भएको थियो तर स्वास्थ्यमा खासै सुधार आएको छैन ।

प्रतिक्रिया