काठमाण्डौ । पुसका अन्तिम लाग्न थालेसँगै विभिन्न कम्पनीहरुले लाभांस घोषणा गरिरहेका छन ।
यसै विचनेशनल माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६,७७ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले २१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ६ प्रतिशत नगद गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।