काठमाडौंमा हल्का वर्षा, तापक्रम ११ डिग्री सेल्सियस

काठमाडौं– मध्य पुषमा राजधानीमा वर्षा भएको छ । आज बिहानको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस मापन भएको छ ।

आज दिनभरि नै काठमाडौंमा मौसम खराब रहने र घाम नलाग्ने मौसमविद्ले बताएका छन् । आगामी बुधबारसम्मै मौसम चिसो हुने अनुमान छ । हाल पश्चिमी वायुमा विकसित भएको निम्नचापीय प्रणालीको प्रभावका कारण देशका धेरैजसो भूभागहरूमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया