काठमाण्डौ – रोजगारी र विभिन्न शिलशिलामा विदेशमा गएका धेरै नेपालीहरु कोरोना भाइरसको महामारीको चपेटामा परिरहेका छन । यसै विच धेरै नेपालीहरुको समेत कोरोनाले ज्यान लिएको छ । याे साता विदेशमा तीन नेपालीहरुको कोरोनाका कारण ज्यान गएको छ ।
गैरआवासीय नेपाली संघका अनुसार यस साता बेलायतमा एक र पोर्चुगलमा दुई जनाको मृत्यु भएको हो । योसँगै विदेशमा कारोना भाइरसबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या ३१५ पुगका छ । यो २० देशमा रहेका नेपालीहरुको विवरण हो ।
शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३८५ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ५० हजार ६५६ जना कोरोना मुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९४ प्रतिशत हो ।