पत्नी सीता दाहालको अबस्था जटिल बनेपछि उपचारको लागि भारत जाँदै प्रचण्ड

काठमाडौ – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको उपचारको लागि सोमवार भारत जाने भएका छन । सीता केहि दिनदेखी विरामी भई उचार गराइरहेकी थिइन ।

उनको अबस्थामा सुधार नभएपछि दाहाल उनको उपचारका लागि भारत जान लागेको स्रोतको दावी छ । दाहालले आज आफ्नो समूहको स्थायी कमिटी बैठकमा सो कुराको जानकारी दिएका थिए ।

सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन् । स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो । यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन् ।

पुत्र प्रकास दाहालको अल्पआयुमै ज्यान गए पछि सीता निकै विरामी पर्दै आएकी छन

प्रतिक्रिया