एकै दिन सतक हाराहारीमा बढ्यो नेप्से,लागानीकर्ता मालामाल

काठमाण्डौ । कारोबारको पहिलो दिन आईतबार नेप्से करिव ८९ अंकले बढेको छ । योसँगै नेप्से अहिले सम्मकै उच्च विन्दु २१ सय ७५ विन्दुमा पुगेको छ । यो विन्दु अलटाईम हाइ विन्दु हो ।

आज बजारमा कारोबार भएका अधिकांस शेयर धनीहरु मालामाल भएका छन । आज ९ कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज नेप्सेका अधिकांस सूचकहरु बढेका छन । नेपाल लाइफ इन्स्योरेन्सको सबै भन्दा धेरै कारोबारहुँदा ६ अर्व भन्दा धेरैको शेयर खरिद विक्रि भएको छ । आज २ सय १२ कम्पनीको शेयर कारोबार भएको थियो ।

लामो समय पछि नेप्सेका सबै उपसूचक र सूचकहरु सबैमा हरियो पोतिएको छ । आज १४ कम्पनीहरुको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य यथावत भएको छ ।

प्रतिक्रिया