कांग्रेस केन्द्रीय समितिको बैठक आज, के निर्णय गर्ला ?

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन भएपछिको राजनीतिक घटनाक्रम बारेमा छलफल गर्न जारी नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ । पुस १० गतेबाट स्थगित बैठक आज फेरी बस्न लागेको हो । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधि सभा विघटनविरुध्द १३ गते मुलुकभरका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ । पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि आकस्मिक रुपमा पुस ७ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकले सरकारको सो कदमलाई असंवैधानिक, अलोकतान्त्रिक भनेको छ । ओलीको कदमलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेता आन्दोलनमा जानुपर्ने पक्षमा छन् भने सभापति शेरबहादुर देउवा पक्षधर नेता अदालतको निर्णय कुनुपर्ने पक्षमा छन् ।

प्रतिक्रिया