प्रभु इन्स्योरेन्सको शेयर दोस्रो बजारमा आयो, पहिलो कारोबार कतिमा भयो त ?

काठमाण्डौ-प्रभू इन्स्योरेन्सको दोस्रो बजारमा पहिलो कारोबार भएसँगै नेप्सेमा प्रवेश गरेको छ ।

आईपीओ सार्वजनिक गरेसँगै आज स्थेशल प्रि ओपनिङ सेसनमा १ सय ३७ रुपैयमा कारोवार भएको छ । ३८ नम्वर ब्रोकरले विक्री गरि ५८ नम्वरको ब्रोकरले शेयर खरिद गरेसँगै यसको आधिकारी कारोबार सूरु भएको हो ।

यो कम्पनीको प्रतिसेयर अंकित तथा चुक्तामूल्य १०० रुपैयाँ कायम भएका २ करोड कित्ता साधारण सेयर गत शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो।

पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम १०९.५६ रुपैयाँ र अधिकतम ३२८.६८ रुपैयाँ तोकेको थियो । कम्पनीले सर्वसाधारण र कर्मचारीका लागि ६० करोड रुपैयाँको साधारण सेयर जारी गरेपछि कुल चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुगेको छ ।

कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया