नायिका वर्षा सिवाकोटीको परिचय फेरियो, वर्षाले सुरु गरिन् नयाँ पेशा

काठमाडौं–नेपाली चलचित्रकी नायिका वर्षा सिवाकोटी नयाँ पेशामा प्रवेश गरेकी छिन् । अब वर्षाको परिचय फेरिएको छ । सिने क्षेत्रमा क्रियाशिल सिवाकोटीले फरक क्षेत्रमा काम सुरु गरेकी हुन् ।

सिवाकोटी स्किन सिटीको कार्यकारी निर्देशकमा नियुक्त भएकी छिन् । सिवाकोटी नेपाल मेडिसिटी अस्पताल अन्तर्गत रहेको स्किन सिटीको कार्यकारी निर्देशक बनेकी हुन् । छाला, कपाल तथा नङसँग सम्बन्धित काम हुने स्किन सिटीकी उनी लगानकर्ता पनि हुन् ।

लामो समयदेखि चलचित्र उद्योगमा सक्रिय रहेकी वर्षाले अब व्यापारिक रूपमा पनि आफुलाई अगाडि लगेकी हुन् । भैँसेपाटीमा मात्रै रहेको स्किन सिटी विस्तारै काठमाडौंका विभिन्न स्थानमा शाखा बिस्तार गर्ने उनको तयारी छ ।

चलचित्र नाई नभन्नु ल–२ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी वर्षाले विभिन्न चलचित्रमा अभिनय गरेकी छिन् ।वर्षा पछिल्लो समय चलचित्र परदेशी–२ को छायांकनमा व्यस्त छिन् ।

प्रतिक्रिया