महासंघका वरिष्ठ उपाध्यक्ष ढकाललाई गृह जिल्ला बागलुङमा सम्मान

बागलुङ–नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्र प्रसाद ढकाललाई गृह बागलुङमा सम्मान गरिएको छ । बागलुङको अमलाचौरमा जन्मिएका ढकाल निजी क्षेत्रको छाता संस्था महासंघको उच्च नेतृत्वमा पुगेकामा सम्मान गरिएको हो ।

विद्यामन्दिर उच्च माध्यमिक विद्यालय बागलुङले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । ढकाल आगामि कार्यकालमा महासंघको स्वतः अध्यक्ष हुनेछन् । गत मंसिरमा भएको उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा तथा अधिवेसनबाट किशोर प्रधानलाई पछि पार्दै ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए ।

कार्यक्रममा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधिस कल्याण श्रेष्ठ, वरिष्ठ समाजसेवी पुस्पमान श्रेष्ठ, विघटित प्रतिनिधि सभा सदस्य मनकुमारी केसी, उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारी, विद्यालयका पूर्व प्रधानाध्यापक जगन्नाथ आचार्य, लगायतले बोलेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुवासचन्द्र राजभण्डारीको अध्यक्षतामा भएका कार्यक्रमा स्वागत विद्यालयका प्रअ शान्तमणि ढकाल र सञ्चालन शिक्षक भीमप्रसाद गौतमले गरेका थिए । सम्मानित व्यक्तिको व्यक्तित्वबारे पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले प्रकाश पारेका थिए ।

प्रतिक्रिया