प्रचण्ड–माधव नेपाल समूहद्वारा एक महिने आन्दोलन घोषणा, यस्ता छन् कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनलाई असंवैधानिक बताउँदै आएको नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव नेपाल समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । शनिबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दोस्रो चरणको आन्दोलनका कार्यक्रमका बारेमा जानकारी ीदिए । ।
आन्दोलनका कार्यक्रम अन्तरगत प्रशिक्षण, प्रर्दशनदेखि रांके जुलुससम्म रहेका छन् ।

• पुस २० गतेसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम
• पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन
• पुस २१ गते संघीय राजधानी र विभिन्न सहरी केन्द्रहरूमा राजनीतिक पार्टीहरूसँग अन्तरक्रिया
• २३ पुसमा नागरिक समाजसँग अन्तरक्रिया
• २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने
• ३६ पुसमा सडक संविधान वाचन व्याख्या कार्यक्रम
• २७ पुसमा सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, २८ गते प्रदेश २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला
• २८ पुसमा घरघरमा पर्चा वितरण, गाउँटोलमा कालो झण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध सबै वडामा व्यानर राख्ने
• २९ पुसमा निर्वाचन क्षेत्रस्तरीय कार्यकर्ता भेला
• ३० पुसमा सबै वडामा विरोध प्रदर्शन र सभा
• ५ माघमा सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा
• १० माघमा राजधानी लगायतका सबै सहरी केन्द्रहरुमा मोटरसाइकल ¥याली
• १६ माघमा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा र १७ गते प्रदेश २ मा विरोध सभा
• २२ माघमा वडा तहमा मसाल जुलुस
• २३ माघमा राजधानीमा विरोध प्रदर्शन

प्रतिक्रिया